site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुगु सामूहिक हत्या घटना : जटिल बन्दै अनुसन्धान, परिवारले अझै बुझेनन् शव
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको सामूहिक हत्या भएको एक साता बित्दा पनि प्रहरीले आरोपित पक्राउ गर्न सकेको छैन । १० कार्तिकमा मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूको ८ कार्तिकमै हत्या भएको खुलाएको छ । तर, शव फेला परेकै ६ दिन बित्दा पनि प्रहरी ‘क्लू’कै खोजीमा छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले घटनाको अनुसन्धान जारी नै रहेको बताए ।

"म पनि मुगुमा नै छु । अनुसन्धान जारी नै छ । नतिजा आउने गरी हामी काममा छौँ," डीआईजी ढकालले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका लागि कतारमा रहेकै बेला उनीहरूको सामूहिक हत्या भएको हो । श्रीमतीसहित छोराछोरीको हत्याको खबरलगत्तै दीपक नेपाल फर्किसकेका छन् ।

प्रहरीको अनुसन्धानले उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या भएको खुलाएको छ । पोस्टमार्टम रिपोर्टले पनि धारिलो हतियारको प्रयोगपछि ओभर बिलिङिका कारण उनीहरूको मृत्यु भएको पुष्टि गरेको छ । हत्यापछि श्रीदेवीले प्रयोग गर्ने मोबाइल फोन र लगाएका गरगहनासमेत हत्याराले लिएका थिए ।

Global Ime bank

हत्याको दुई दिनपछि मृतक श्रीदेवीकै मोबाइलबाट कतारमा रहेका उनकै श्रीमान्‌लाई हत्या गरिएको विभत्स फोटोहरू पठाइएको थियो । उक्त मोबाइलको बीटीएस टावर भने घटनास्थलकै टावरले काम गरेको देखिएको छ । त्यसयता मोबाइल फोन अफ गरिएको छ ।

प्रहरीले छिमेकीसँग विभिन्न कोणबाट सोधपुछ गरिसकेको छ । तर, त्योबाहेक कुनै नयाँ तथ्य फेला पारेको छैन ।

मृतक श्रीदेवी छोराछोरीसहित ७ कार्तिकमा दसैँको टीका थाप्न सोही वडास्थित माइती घर कोटिल्ला पुगेकी थिइन् । उनीहरू दसैँको दिन टीका लगाएर माइती घरमै बसेर ८ गते मात्र फर्किएका थिए । सोही दिनको राति उनीहरूको हत्या भएको हो । हत्यापछि घरको मूल ढोकामै ताल्चा लगाइएको थियो ।

अझै बुझेनन् परिवारले शव

हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने भन्दै पीडित परिवारले अझै शव बुझेका छैनन् । चारजनाकै शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले पीडित परिवारले आज शव बुझ्ने सहमति गरेको तर अन्तिम समयमा कोही पनि नआएको बताए ।

उनका अनुसार घटनास्थल नजिक कुनै प्रविधि नहुँदा अनुसन्धान जटिल बन्न पुगेको हो । एसएसपी भट्टराईले भने, "घटनास्थला सदरमुकाम भन्दा टाढा र प्राविधिक कुरा नहुँदा अनुसन्धानमा केही समस्या भएको छ ।"

प्रहरीलाई अनुसन्धानमा सहयोगी हुने सीसीटीभीदेखि अन्य प्रविधि ग्रामीण क्षेत्र भएकाले शून्य प्राय: छ । पछिल्लो समय अधिकांश घटनामा अनुसन्धान गर्न सीसीटीभी प्रहरीको महत्त्वपूर्ण सहयोगी बन्दै गएको छ ।

अनुसन्धान जटिल बन्दै गए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सहयोगका लागि बोलाइने उनको भनाइ छ ।

यद्यपि घटनाको अनुसन्धान गर्न नेपालगन्जबाट समेत प्रहरी निरीक्षकको कमान्डमा एउटा टोली मुगु पुगेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement