site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ जनाको मृत्यु
सांकेतिक तस्बिर ।
SkywellSkywell

तेहरान । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । 

“लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ,” तेहरानबाट उत्तरमा गिलान प्रान्तको लंगारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ । 

KFC Island Ad
NIC Asia

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताए । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ । 

स्थानीय आईएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ । 

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को सपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro