site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध अरविन्दको अर्धशतक 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)का भ्रित्या अरविन्दले नेपालविरुद्ध अर्धशतक बनाएका छन् ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईबाट अरविन्दले ४४ बलमा ६ चौका र दुई छक्कासहित अर्धशतक पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अरविन्दको यो पाँचौं अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको १७ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर ११८ रन बनाएको छ । 

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro