देश

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।
आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० ०६:३२
प्रतिक्रिया दिनुहोस्