site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले युक्रेनका महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गर्ने चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । युक्रेनी अधिकारीले जाडोयाम नजिकिँदै गर्दा रुसले महत्त्वपूर्ण पूर्वाधारमा आक्रमणको तयारी गरिरहेको बताएका छन् ।

युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी ड्यानिलोभले रुसले युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गर्ने तयारी गरिरहेको बताएका हुन् ।

युक्रेनी टीसीएच टिभी च्यानलमा बोल्दै ड्यानिलोभले तापमान कम भएपछि आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका हुन् ।

ड्यानिलोभले युक्रेन तयार रहेको र देशको अधिकांश महत्त्वपूर्ण पूर्वाधार नियन्त्रणमा रहेको बताएका छन् । यसका साथै विदेशी सहयोगीले थप हवाई सुरक्षा सुविधा उपलब्ध गराइरहेको उनले बताए ।

बेलायतको रक्षा मन्त्रालयले गत हप्ता रुसले जाडोयाममा युक्रेनी उर्जा पूर्वाधारलाई लक्षित गर्दै मिसाइल भण्डार गरिरहेको बताएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro