site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साताको अन्तिम दिन १०.८६ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द भएको हो ।

आज सर्वाधिक सेयर मूल्य सायपत्री हाइड्रोपावर लिमिटेडको घटेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५०२ रूपैयाँ २० पैसा कायम भएको छ ।

सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ ।

आज होटल तथा पर्यटन र उत्पादत तथा प्रशोधन समूहको सेयर मूल्य वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

आज २८१ धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कत्ता खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro