site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूके एक्सपोर्ट फाइनान्सद्वारा नेपालमा करिब साढे दुई खर्ब लगानी गर्ने इच्छा व्यक्त 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बेलायतको यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ विलियन पाउन्ड (करिब दुई खर्ब ४२ अर्ब ४६ करोड रुपैयाँ) लगानी गर्ने इच्छा देखाएको छ ।

बेलायतस्थित नेपाली दूतावासले मंगलबार सिटी अफ लन्डनको म्यान्सन हाउसमा आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रिडले नेपालमा लगानी गर्ने इच्छा देखाएका हुन् । 

“यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ विलियन पाउन्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिएका थिए,” बेलायतस्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले लगानी सम्मेलनको आयोजना गरेको थियो ।  

सम्मेलनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाएका थिए । यसको लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको उनले बताए । 

Royal Enfield Island Ad

नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको छ । यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत उनले बताएका थिए । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्राउन चाहेको बताए । 

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको उनले बताए ।  

उनले नेपालको जलविद्युतबाट नेपाल मात्र नभइ दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने जनाए । 

विशेष गरी नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय उर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो ।

शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरूका बारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुती दिएका थिए । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको आश्वासन लगानीकर्तालाई दिएका थिए । 

सम्मेलनमा अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरू ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्याण्ड, बायो, बेल्जियम, फिनफण्ड, फिनल्याण्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्याण्डबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसै सिलसिलामा अर्थमन्त्री महतले हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जीपी हिन्दुजासँग नेपालमा लगानी भित्राउने विषयमा कुराकानी गरेको दूतावासले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro