site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिगलविरुद्धको मुद्दामा आज सुनुवाइ
SkywellSkywell

काठमाडौं । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुनेछ । 

KFC Island Ad
NIC Asia

चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती शेर्पाले गत असोज २२ मा सर्वाेच्च रिट दायर गरेकी थिइन् । यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।

यही प्रकारको मुद्दामा प्रधानन्यायाधीश श्रेष्ठले यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेको भनी फैसला गरेको भन्दै प्रश्न उठाएपछि अर्कै पूर्ण इजलासमा सुनुवाइ हुने गरी मंगलबारको पेसी तोकिएको थियो ।

Royal Enfield Island Ad

भारती शेर्पाले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशानस कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro