site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीप लामिछानेको विश्वास– नेपालले उपाधि नै जित्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको घरेलु टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’बाट एक खेल अगावै जारी एसिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ ।

त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै बताए । उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए ।

यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भएको छ । यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीबार हुने छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro