site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्रद्वारा १७ लाखभन्दा बढी मूल्यको भन्सार छलीका सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपैयाँ बराबरको मोबाइलको डिस्प्ले र लत्ताकपडा बरामद गरेको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट सशस्त्रले कात्तिक १३ गते उक्त सामान बरामद गरेको हो ।

सशस्त्रको राजस्व भन्सार सुरक्षा बेस जनकपुरले विशेष सूचनाको आधारमा अवैध रुपमा गोदाममा स्टोर गरी राखिएको अवस्थामा उल्लेखित मूल्य बराबरको दुई हजार ९६० वटा मोबाइलको डिस्प्ले र लत्ताकपडा बरामद गरेको हो ।

बरामद सामान राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यस्तै, रौतहट जिल्लाको राजपुर नगरपालिका २ फतुहाबाट आज सशस्त्र प्रहरीले करिब दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले बीआर०५एल ३५९० नम्बरको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बिलबिजक फेला नपरेपछि नं. ११ गण रौतहटले नियन्त्रणमा लिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro