खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाले कप्तान अहमद फैज रनआउट भए ।
सन्दीप लामिछानेले गरेको सातौँ ओभरको अन्तिम बलमा करण केसीले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे । फैजले तीन रन जोडे ।
जारी खेलको आठ ओभर समाप्त हुँदा मलेसियाले एक विकेट गुमाएर ७० रन बनाएको छ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।
मलेसिया भने पहिलो जितको खोजीमा छ । मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १३:५९
प्रतिक्रिया दिनुहोस्