विदेश
काठमाडौं । इजरायल–हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् ।
नगरपालिका र सुरक्षा एजेन्सीको तथ्यांकानुसार तनाव सुरु भएदेखि लेबनान–इजरायल सीमानजिकका गाउँ र सहरहरूबाट ३० हजारभन्दा बढी मानिस विस्थापित भएका हुन् ।
करिब १५ सय परिवार नाबातीह र टायर, ८०० हासबाया क्षेत्र र ७०० परिवार दक्षिणपूर्वी लेबनानका अरू गाउँहरूबाट विस्थापित भएका बताइएको छ ।
लेबनान–इजरायल सीमामा भएको आक्रमणमा परी अहिलेसम्म लेबनानमा ४७ हिजबुल्लाह लडाकुसहित ५८ जनाको मृत्यु भएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १०:२६
प्रतिक्रिया दिनुहोस्