site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ : मन्त्री ज्वाला 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले आउँदो तिहारअघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने गरी काम भइरहेको बताएका हुन् ।

“दसैँअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैँअघि यो सम्भव भएन,” मन्त्री ज्वालाले भने, “दसैँअघि ५० प्रतिशत मात्र काम गर्न सक्यौँ । बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गरिसक्छौँ ।”

खासगरी दसैँ–तिहारका बेला सर्वसाधारण यात्रीको सडक सुरक्षा र सहज यातायातको व्यवस्थामा योपटक सरकारले निकै सावधानी अपनाएकाले गम्भीर दुर्घटना नभएको मन्त्री ज्वालाको भनाइ छ ।

विगतमा भन्दा यो वर्ष सहज रूपमा गाडी टिकटको व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro