site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोहित शर्माको अर्धशतकप्रेरित भारतले इंग्ल्यान्डलाई दियो २३० रनको लक्ष्य
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपमा साविक विजेता इंग्ल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ ।

आइतबार लखनउस्थित एकाना क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२९ रन जोड्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्लिस बलरसामू दबाबमा देखिएको घरेलु टिमको इनिङ कप्तान रोहितले उकासे । रोहितले १०१ बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाए । ४०–३ को कठिन अवस्थामा रहँदा चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गर्दै रोहितले भारतको इनिङ सम्हालेका थिए । राहुलले ३९ रन थपे । यस्तै, सुर्यकुमार यादवले ४९ रन बनाएपछि भारत सम्मानजनक योगफलसम्म पुगेको हो । जसप्रित बुमराहले १६ रन थपे ।

यसबाहेक, ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

Global Ime bank

इंल्यान्डका डेविड विलीले तीन विकेट लिए । १० ओभर बलिङ गरेका विलीले दुई मेडन राख्दै ४५ रन खर्चिए । क्रिस वोक्स र आदील रासिदले समान दुई विकेट लिए । मार्क उडले एक विकेट हात पारे ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा भारत हालसम्म अपराजित छ । पाँच खेलबाट १० अंक जोडेको भारत तालिकाको दोस्रो स्थानमा छ । यता, विश्वकपमा खराव लयबाट गुज्रिरहेको साविक विजेता इंग्ल्यान्ड भने पाँच खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय