राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।
भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध, राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत नेपाली शान्ति सेना लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
महासचिव गुटेरेसले नेपाल भ्रमणको पहिलो दिन आइतबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १४:३४
प्रतिक्रिया दिनुहोस्