राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले असोज १४ गतेको संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त संयुक्त राष्ट्र्संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउँदै उनले सोसम्बन्धी जानकारी दिएका हुन् ।
गुटेरेसले असोज १४ गते मंगलबार ४ बजे सम्बोधन गर्ने सभामुख घिमिरेले जानकारी दिए । गुटेरेस चार दिने औपचारिक भ्रमणका लागि नेपालमा छन् । उनी आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनी कात्तिक १६ गतेसम्म नेपालमा रहनेछन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्