काठमाडौं । भारतले अप्रिल–अगस्टमा ४७.९८ मिलियन अमेरिकी डलरबराबरको आँप निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०२३–२०२४ को पहिलो पाँच महिनामा ४७.९८ मिलियन अमेरिकी डलरबराबरको आँप निर्यात गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको चार करोड ३३ लाख अमेरिकी डलरभन्दा १९ प्रतिशतले बढी हो । सरकारका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भारतले १९ प्रतिशतले वृद्धि गरी अमेरिकामा पनि भारतीय आँप निर्यात गरेको छ ।
भारतले इरान, मौरिसस, चेक रिपब्लिक, नाइजेरियालगायत ४१ देशमा आफ्नो आँप निर्यात गरेको हो । भारतले हरेक वर्ष जुलाई २२ मा राष्ट्रिय आँप दिवस मनाउँछ ।
भारतमा करिब १५ सय प्रजातिका आँप उत्पादन गरिन्छ । जसमा एक हजार व्यावसायिक प्रजाति छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल