site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एल क्लासिको ‘डेब्यु’मा बेलिंघम नायक बन्दा रियाल मड्रिडको पुनरागमन जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एल क्लासिको ‘डेब्यु’मा जुड बेलिंघम नायक बन्दा स्पेनिस ला लिगामा रियाल मड्रिडले साविक विजेता बार्सिलोनाविरुद्ध २–१ को जित निकालेको छ ।

बार्सिलोनाको मैदान स्टाडियो ओलिम्पिक लुइस रंगशालामा भएको खेलमा घरेलु टिमले सुरुआती अग्रता बनाए पनि बेलिंघमले दोस्रो हाफमा दुई गोल गर्दै रियाललाई जित दिलाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको छैटौँ मिनेटमा इल्काई गुन्डोगानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । तर, ६८औँ मिनेटमा बेलिंघमले १८ यार्ड बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काएका थिए ।

यस्तै, इन्ज्युरी समयमा बेलिंघमले ६ यार्ड बक्सभित्रबाट ‘ट्याप इन’ गोल गरेपछि रियालले २–१ को जित पक्का गरेको हो । यसै सिजनको सुरुआतमा रियाल मड्रिड भित्रिएका बेलिंघमको ला लिगामा यो १०औँ गोल हो ।

Global Ime bank

जितसँगै ११ खेलबाट २८ अंक जोडेको रियाल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंकको बार्सिलोना तेस्रो स्थानमा छ । जारी सिजन ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement