site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपीजस्तो बन्न होइन, पढ्न मात्र सक्छौँ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बीपी कोइरालाजस्तो बन्न नसकिने बताएका छन् । बीपीलाई पढ्न मात्र सकिने उनको भनाइ छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका लामिछानेले आफूलाई बीपीसँग तुलना नगरिदिन आग्रह गरे ।

Dabur Nepal
NIC Asia

कांग्रेस छोडेर तनहुँ–१ को उपनिर्वाचनमा रास्वपाबाट प्रतिस्पर्धा गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले लामिछानेलाई बीपीसँग तुलना गरेका थिए । बीपीको व्यक्तित्वसँग आफ्नो तुलना हुनै नसक्ने लामिछानेले बताए ।

“उहाँ (स्वर्णिम वाग्ले)ले हुटहुटीको हिसाबले भन्नुभएको जस्तो लाग्छ, कहिलेकाहीँ हामी स्वभावतः फलानोजस्तो भन्छौँ नि !,” उनले भने, “कहाँ बीपी कहाँ हामी, मलाई त लाग्दैन । हामीले कैयौँ प्रयासहरू गर्नुपर्ने हुन्छ । त्यो बहुआयामिक व्यक्तित्व, त्यो राजनीतिक चेत, त्यो त्याग, त्यो बलिदान त्यो आदर्श सबै कुरा त हामी पढ्न मात्र सक्छौँ ।”

उनले बीपीबाट सिक्न मात्र सकिने बताए । “कम्तीमा मसँग उहाँसँग तुलना गर्ने साहस पनि छैन । तर, उहाँबाट सिक्नचाहिँ सक्छु,” लामिछानेले भने, “उहाँले विभिन्न कालखण्डमा गर्नुभएको निर्णयहरूबाट उच्च राजनीतिक चरित्र निर्वाह गर्नुभएको छ ।”

उनले आफूले बीपीको आत्मवृत्तान्त पुनः पढिरहेको सुनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro