site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युरोपियन लिग खेलेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

काठमाडौं । युरोपियन लिगहरुका अनुभव बोकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि धनगढी एफसीले विदेशी खेलाडी कोटामा अनुबन्ध गरेको छ । 

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो । यसअघि धनगढी एफसीले ओलावाले अफिजलाई अनुबन्ध गरिसकेको छ  । 

युरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाइन एफसीबाट इन्डियन सुपर लिग (आईएसएल) समेत खेलेका थिए । सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । 

Dabur Nepal
NIC Asia

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक करियर सुरु गरेका फलू डियाग्नेले जर्मन बुण्डेसलिगा क्लब फ्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए । डियाग्नेसँग टर्किश र भारतीय फूटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

धनगढीसँग आवद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरे । 

“पहिलो सिजनको उपविजेता टोलिमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलको बारेमा थोरै भए पनि जानकार छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,”  सम्झौतामा डियाग्नेले भने ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले युरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताए ।

“धनगढी एफसीमा यस सिजन विदेशी खेलाडी फलू डियाग्नेलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं । ठूलो युरोपियन लिगको अनुभव भएका खेलाडी नेपाल आउँदा यसले नेपाली फूटबलको विकासमा टेवा पुग्ने विश्वास गरेको छु । धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दै छौं । यस सिजनमा पनि यहाँहरुको अपार मायाको अपेक्षा राखेका छौं,” शाहीले भने ।
 
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदै छ । 

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी छन् ।  

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाई अनुबन्ध गरिसकेको छ ।
 
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro