देश
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–२, झिलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–२ कटानका अन्दाजी ७३ वर्षीया पावनी देवी साउद रहेकी छन् ।
दुर्घटनामा घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
भे ७ प ५३ ८१ नम्बरको मोटरसाइकलले बिहान पैदलयात्री वृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० २०:१८
प्रतिक्रिया दिनुहोस्