site stats
बाह्रखरी :: Baahrakhari
देश
मुगु घटना : धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या

काठमाडौं । मुगुमा भएको घटनाको थप अनुसन्धान गर्न प्रहरीको अर्को टोली घटनास्थलमा गएको छ ।

शुक्रबार सुर्खेतबाट प्रहरीको टोली घटनास्थलमा गएको हो । छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी विभत्स तरिकाले हत्या गरिएको आशंका छ । शव अझै घटनास्थलबाट उठाउन बाँकी रहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए ।

केही व्यक्तिमाथि हत्याको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको उनले बताए ।

मुगुमा एकै परिवारका चारजनाको शव फेला, सामूहिक हत्याको आशंका

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्