अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड कायम भएको छ ।
आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्