site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाँकेमा सुरक्षा व्यवस्था कडा

बाँके । दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका निम्ति जिल्लामा करिब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा बढी सतर्कता अपनाइएको उनले बताए । ती स्थानमा १२ घण्टाअघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्तदुरुस्त बनाउन नेपाल–भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ ।

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक कामबाहेक बुधबार एक दिनका निम्ति आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक कमान्ड पोस्ट स्थापना गरिएको छ ।

नेपाल प्रहरीका १६ मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । दुई प्रहरी निरीक्षकको कमान्डमा ‘स्कर्टिङ ड्युटी’ परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दत गर्न १० ‘क्विक रेस्पोन्स’ समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।

जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र प्रहरीका ४९५ गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । अहिले मूर्ति विसर्जन गरी यहाँको राप्ती नदीतर्फ सेलाउन लगिएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro