site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२४ घण्टामा गाजामा संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु
Sarbottam CementSarbottam Cement

गाजापट्टी (प्यालेस्टाइनी अधिनस्थ क्षेत्र) । पछिल्लो २४ घण्टामा गाजामा संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसंघले जनाएको छ । योसँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कुल संख्या ३५ पुगेको छ ।

हमासका बन्दुकधारीले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारीमा दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीलाई पनि छोडिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

“शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन् । यूएनआरडब्ल्यूएका गरी कुल ३५ कर्मचारीको मृत्यु भएको छ,” संयुक्त राष्ट्रसंघको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मंगलबार पठाएको अपडेटमा भनिएको छ, “तीमध्ये ६ जना पछिल्लो २४ घण्टामा मारिएका छन् ।”

यूएनआरडब्ल्यूएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टाइनी शरणार्थीलाई सहयोग गर्छ ।

Global Ime bank

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement