site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनमा क्षति

काठमाडौं । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घर पूर्णरुपमा क्षति भएका छन् । ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्