विदेश
काठमाडौं । इजरायल–हमास द्वन्द्वका विषयमा प्रदर्शन गर्न थालिएपछि अमेरिकाको न्युयोर्कमा सुरक्षा व्यवस्था बढाइएको छ । यही अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले न्युयोर्क प्रहरी विभागले सुरक्षा बढाएको बताइएको छ ।
सो विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायली झन्डा बोकेर प्रदर्शनकारीले विरोध गरेका थिए ।
इजरायल—हमास द्वन्द्व सुरु भएदेखि नै न्युयोर्कमा विरोध प्रदर्शन गरिँदै छ । न्युयोर्क इजरायलबाहिरको सबैभन्दा ठूलो यहुदीको वासस्थान हो । करिब दुई मिलियन यहुदी न्युयोर्कमा छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० १०:२९
प्रतिक्रिया दिनुहोस्