site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले दियो युक्रेनलाई लामो दूरीको मिसाइल, पुटिनले दिए चेतावनी
तस्बिर : एपी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले युक्रेनलाई लामो दूरीको मिसाइल (क्षेप्यास्त्र) दिएको खुलेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुससँगको जारी युद्धमा मंगलबार लामो दूरीको मिसाइल प्रयोग गरिएको किभले पुष्टि गरेको छ ।

धेरै अमेरिकी अधिकारीले समेत वासिङटनले गोप्य रूपमा युक्रेनलाई लामो दूरीको ‘एमजीएम–१४० एटाक्म्स–एटीएसीएमएस’ मिसाइल उपलब्ध गराएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त ब्यालिस्टिक मिसाइल दिने अमेरिकी निर्णयले युक्रेनको पीडा लम्ब्याउने चेतावनी पुटिनले दिएका हुन् । चीन भ्रमणका क्रममा पत्रकारसँग पुटिनले युक्रेन द्वन्द्वमा अमेरिका झनै सक्रिय हुँदै गएको टिप्पणी गरे ।

रुस नियन्त्रित दुई एयरबेसमा मंगलबार राति गरिएको आक्रमणमा एटाक्म्स मिसाइल प्रयोग गरिएको धेरै अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

Global Ime bank

यसैबीच, कम्परहेन्सिभ आणविक परीक्षण प्रतिबन्ध सन्धिलाई गरेको अनुमोदन खारेज गर्ने विधेयक रुसी तल्लो सदन डुमामा पक्षमा ४१५ र विपक्ष शून्य मतसहित पारित भएको छ । माथिल्लो सदनबाट पारित भएपछि यसमा पुटिनले हस्ताक्षर गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय