site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वागी फकाउँदै कम्युनिष्ट गठबन्धन, कोमल वलीले फिर्ता लिइन्

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि वागी उमेदवारी परेपछि कम्युनिष्ट गठबन्धनका उमेदवारहरु संकटमा परेका छन् ।

उमेदवारी दर्तासँगै निर्वाचन प्रचार(प्रसारमा जुटिरहेको गठबन्धन वागी उमेदवारहरुलाई फकाउन पनि त्यतिकै सक्रिय भएर लागिरहेको काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका माओवादी केन्द्रका नेता झक्कु सुवेदीले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुवेदीले बाह्रखरीसँग भने, "हाम्रो त त्यति धेरै वागी उमेदवारी छैनन् तर एमालेका धेरै छन् ।"

उनले गठबन्धनमा जोडिसकेपछि एमालेसँग भावनात्मक सम्बन्ध पनि विस्तार हुँदै गएको बताउँदै एमालेका वागी उमेदवारहरुलाई फकाउन आफूहरु पनि लागिपरेको बताए । उनले अगाडि थपे, "उहाँहरुविरुद्ध वागी दिएका उमेदवारहरुलाई हामी सम्झाएर उमेदवारी फिर्ता गराउन पठाइहाल्छौं । उहाँहरुलाई कसरी लैजाने भन्ने विषयमा हामी छलफलमा जुटिरहेका छौं ।"

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि उमेदवारी दिएका अनिल शर्माले पनि माओवादी र एमालेका सबै वागी उमेदवारी फिर्ता गराउन आफूहरु लागिपरेको बताए ।

कोमल वलीले फिर्ता लिइन्

यसैबीच प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट उमेदवारी दिएकी कोमल वलीले उमेदवारी फिर्ता लिएकी छिन् । हालैमात्र नेकपा एमालेमा प्रवेश गरेकी वलीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएकी थिइन् । 

वागी उमेदवारी दर्ता गराएकी वलीले पार्टीका सबै नेतासँग छलफल गरेर उमेदवारी फिर्ता लिन लागेको बताइन् । उनले बाह्रखरीसँग भनिन्, "पार्टीले मलाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट टिकट दिने भनेको थियो, पछि विविध कारणले दिएन । त्यसकारण मैले वागी उमेदवारी दिएँ ।  अहिले फेरि सबै नेता तथा दाङबासीसँग छलफल भयो र मैले पार्टीको हितको लागि उमेदवारी फिर्ता लिने निर्णय गरें ।"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro