site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारका केही फाइल छिट्टै खुल्दै छन् : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका केही फाइल खोलिने बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले कुन फाइल भन्ने खुलाउन नमिल्ने बताए ।

“सुन तस्करीको तपाईंहरुले देख्नुभएको छ । यति मात्रै होइन कमरेडहरु, मैले अहिले भन्न मिल्दैन, अरु पनि केही फाइल छिट्टै खुल्दै छन्,” उनले भने ।

प्रधानमन्त्रीले भुटानी शरणार्थीको प्रक्रिया अघि बढ्दै गरेको बताए । त्यस्तै, ललितानिवास प्रकरणमा नयाँ शिराबाट अध्ययन गरेर निर्दोष नपरुन् भनेर अघि बढिएको र दोषीलाई कारबाहीको दायरमा ल्याउने बताए ।

“जो साथीहरुको बारेमा भ्रम थियो, त्यो भ्रम साफ भएको छ । जो दोषी छन्, ती पर्दै छन्,” उनले भने ।

उनले सुशासनको पक्षमा अघि बढ्ने प्रतिबद्धताका साथ बनेको सरकारले त्यसैअनुसार काम गर्ने बताए । उनले उपलब्धिलाई उल्ट्याउने दुस्साहस विभिन्न रुपमा प्रकट भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro