site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुन्डाईको कोना ईभी चार वर्षसम्म चलाउँदा ब्याट्रीको हेल्थ ९५ प्रतिशत

काठमाडौं । नेपालमा हुन्डाईका गाडी बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले काेना ईभीकाे ब्याट्री परीक्षण गरेको बताएको छ ।

यसै अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको 'हुन्डाई  फेस्टिभ कार्निवल'मा  हुन्डाईले हाई भाेल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको बताएको छ ।

Dabur Nepal
NIC Asia

जसमा २०० भन्दा बढी सवारीधनीको ब्याट्री परीक्षण गरिएको र चार वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशतभन्दा बढी पाइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा हुन्डाईको कोना ईभीले आफूलाई अद्धितीय दाबी गरेको छ । कम्पनी सन् २०१९ मा पहिलो ईभी एसयूभीका रुपमा भित्रिएको दाबी गर्दै हालसम्म एक हजारभन्दा बढी युनिट बिक्री भइसकेको जनाएको छ ।

सन् २०१९ मा भारतबाट सुरु गरिएको इमिसन इम्पोसिबल नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा ७०० किलोमिटरको यात्रा १७ हजार फिटको उचाइ र माइनस १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकाे बताएकाे छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro