site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेलाई माधव नेपालको चेतावनी– धेरै चुरीफुरी नगर्नू
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका नेताहरूलाई 'चुरीफुरी' नगर्न चेतावनी दिएका छन् । पार्टीको जागरण अभियानका क्रममा सुर्खेतमा आयोजित कार्यक्रममा उनले कोसी प्रकरणले सरकार नढल्ने दाबी पनि गरे ।

“यो समस्याले गर्दा कतै यो सरकार नटिक्ने हो कि भन्ने पर्न सक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन,” नेपालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्नो पार्टीले कोर्स चेन्ज गरेको भन्दै चुरीफुरी नगर्न चेतावनी दिए । 

“हामी छौँ । हाम्रो पार्टीले देशको कोर्स चेन्ज गरिदिएको छ । आफूलाई ठूल्ठूला हस्ती भन्नेहरूलाई देखाइदिएको छ । चुरीफुरी धेरै नगर्नुस् । तपाईंका खुट्टी हामीले देखिसका छौँ,” नेपालले भने, “तपाईंले के गर्न सक्नुहुन्छ । के गर्न सक्नहुन्न हामीलाई थाहा छ ।”

Global Ime bank

उनले असल र खराब नेता रहेको बताउँदै राम्रा नेता छुट्याउन आग्रह गरे । असल पार्टीको रूपमा एकीकृत समाजवादीलाई अघि सारेको दाबी गरे ।

उनले आफ्नो पार्टीलाई साथ दिए देशलाई नयाँ दिशामा लैजान सकिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement