site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जर्मनीबाट प्रशिक्षक नगेल्सम्यानको सुखद सुरुआत

काठमाडौं । युलियन नगेल्सम्यानको प्रशिक्षणमा खेलेको पहिलो खेलमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अमेरिकालाई ३–१ ले हराएको छ ।

अमेरिकाको रेन्चलर फिल्डमा भएको खेलमा क्रिस्टियन पुलिसिचले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । पुलिसिचले २७औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रतामा राखेका थिए ।

Dabur Nepal
NIC Asia

तर, ३९औँ मिनेटमा जर्मनीका इल्काइ गुन्डोगानले गोल गरेपछि खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । जर्मनीले दोस्रो हाफमा दुई गोल थप्यो ।

५८औँ मिनेटमा निक्लास फुलक्रगले गोल गर्दै जर्मनीलाई २–१ को अग्रतामा राखेका थिए । त्यसको तीन मिनेटपछि नै यमल मुसियालाले गोल गर्दै जर्मनीको अग्रतालाई ३–१ को सहज अवस्थामा पुर्‍याएका थिए । यसपछि थप गोल भएन । नगेल्सम्यानको टिमले सहज जित निश्चित गर्‍यो ।

जर्मनीले गएको सेप्टेम्बरमा जापानसँग ४–१ को अप्रत्याशित हार व्यहोरेपछि तत्कालीन मुख्य प्रशिक्षक हेन्सी फ्लिकलाई बर्खास्त गरिएको थियो । ३६ वर्षीय नगेल्सम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro