site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगको आवश्यकता

नैरोबी । निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले बिहिबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ ।

एनडीएमएले सुक्खा प्रभावित मानिस विभिन्न २३ वटा काउन्टीमा रहेको उल्लेख गरेको छ । तीमध्ये १८ काउन्टी सामान्य खडेरीको चरणमा तथा बाँकी पाँच काउन्टी उच्च सतर्कता अपनाउनु पर्ने चरणमा रहेको र निगरानी आवश्यक रहेको जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्रतिवेदनले ५२ प्रतिशत काउन्टीको पोषण अवस्था औसतभन्दा बढी तथा ११ वटाको बिग्रिँदै गएको जनाएको छ । “यसअघिको असफल मौसमका कारण कमजोर पोषण स्थिति देखिएको हो,” एनडीएमएले भनेको छ ।

प्रतिवेदनले तापक्रममा भएको वृद्धिका कारण अधिकांश सुक्खा क्षेत्रमा वनस्पति फस्टाउन नसकेको पाइएको उल्लेख गरेको छ । एनडीएमएले अक्टोबरदेखि डिसेम्बरसम्म हुने वर्षाको मौसममा सुक्खा क्षेत्रको कठिन अवस्थामा सुधार आउने अपेक्षा गरेको छ ।

केन्या र अफ्रिकामा अक्टोबरको मध्यदेखि वर्षा सुरु भएसँगै बाढीले प्रभाव नपर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro