site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको हवाई आक्रमणमा परी १३ बन्धकको मृत्यु भएको हमासको दाबी

काठमाडौं । प्यालेस्टिन चरमपन्थी समूह हमासले इजरायलले गरेको हवाई आक्रमणमा परी १३ जना बन्धक मारिएको जनाएको छ । पछिल्लो चौबिस घण्टामा उनीहरू मारिएको हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मारिने बन्धकमा इजरायली र विदेशी नागरिक रहेको हमासले जनाएको छ ।

हमासको इजेदीन अल–कासम बिग्रेडले भनेको छ, “इजरायली विमानले पाँच ठाउँलाई लक्षित गरी आक्रमण गरेको छ । आक्रमणमा १३ जना बन्धक मारिएका छन्, जसमा विदेशी पनि छन् ।”

हमासले गत शनिबार अचानक दक्षिण इजरायलमा आक्रमण गरेर १५० जनालाई बन्धक बनाएको थियो ।

Global Ime bank

यसअघि हमासले इजरायलले गाजाका सर्वसाधरणको घरलाई निसाना बनाए बन्धकको हत्या गर्ने चेतावनी दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu