site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमाथि प्रहार हुन थाल्यो, अब चिया पसलमा पनि वैचारिक प्रतिवाद गरौँ : प्रकाशमान सिंह
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीविरुद्ध निरन्तर प्रहार बढिरहेकाले वैचारिक प्रतिवादन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले पार्टीबारे भइरहेको गलत प्रचारबारे सार्वजनिकस्थलमा हुने छलफलमा वैचारिक प्रतिवाद गर्नुपर्ने बताए ।

“पार्टीको बारेमा गलत शैलीको प्रचार भइरहकेो छ । त्यसलाई चिर्न हरेक कार्यक्रममा आफ्नो कुरा राखेर समाजमा राजनीतिक दल वा चार्जलाई क्लियर गर्नुपर्छ, त्यसमा पनि ख्याल गर्नुपर्छ । भइहाल्छ हटिहाल्छ भनेर हुँदैन,” उनले भने, “चिया पसलमा, बसमा हुने छलफलमा हरेक कुरा आउँछ, हामीले त्यहाँ पनि बहसमा उत्रिएर लाग्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

उनले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न पदमा बसेका नेताहरूबीच समन्वय हुन नसकेको बताए । संघर्ष र बलिदानबाट आएको शासन व्यवस्था जोगाउन यस्तो विषयले असर गर्ने धारणा उनको थियो ।

“पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी अर्गनाइजेसनभित्र रहेका नेताहरूबीच समन्वय अभाव छ । यसमा अलिकति आफू सक्रिय हुनुपरेको देखेको छु । जनताबाट निर्वाचित वडाध्यक्ष, सदस्य किन नहोस् यो हरेक ठाउँमा पार्टी संगठन र जनप्रतिनिधिबीच समन्वय अभाव छ,” उनले भने, “त्यत्रो संघर्षबाट ल्याएको लोकतान्त्रिक ट्रयाकमा लान अधिकार सुरक्षित गर्न र स्थायित्व दिन चुक्नु हुँदैन ।”

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका सिंहले संगठन बिग्रियो भनेर नेतालाई गालीमात्र गर्ने छुट नभएको बताए । उनले पार्टीको प्रत्येक नेताले आफूले पाएको अधिकार र अवसको सदुपयोग गरेमात्र  पार्टी सुधार हुने धारणा राखे ।

“जसले जहाँ जिम्मेवारी भएको छ, त्यसलाई इमान्दार भएर बहन गरौँ । प्राप्त गरेको अधिकार सदुपयोग गरेर कार्यान्वनय नगर्ने । कमिकमजोरी आफूमाथिका नेताको टाउकोमा राख्ने । सुधारका लागि टोल समितिको सभापति वडा बुथसम्म सभापति छ । ग्रासरुटदेखि जे जिम्मेवरी छ, त्यो गरे परिवर्तन आउँछ,” सिंहले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu