site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रेल दुर्घटना हुँदा चारजनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु हनुका साथै कयौ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

विहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेसनमा बुधबार राति दुर्घटना भएको हो । 

स्थानीय सञ्चार माध्यमहरूले अधिकारीहरलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै संंघीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए । उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी कन्द्रीय अनसुन्धान ब्युरोले जाँच समेत गरिहेको छ । 

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुुर्घटना हुँदा २९५ यात्रुको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro