site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टिकटक, फेसबुकबाट गरिने ठगी अन्त्य गरियोस् : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सामाजिक सञ्जाल र प्रविधिका माध्यमबाट ठगीको नयाँ धन्दा सुरु गरिएको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले टिकटक, फेसबुक, इन्स्टाग्रामका माध्यमबाट ठगी हुने गरेको बताए ।

“टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालको विज्ञापन गर्ने र सामान किन भन्ने, अनि अनलाइनबाट पैसा भुक्तानी गरेपछि सामान पनि नदिने र एकाउन्ट बन्द गर्ने प्रवृत्ति बढेको छ । प्रविधिको माध्यमबाट हुने ठगी अन्त्य गर्न संयन्त्र बनाएर सरकारले अन्त्य गरोस्,” उनले भने ।

सांसद् पौडेलले महँगी नियन्त्रण गर्न नसकेको भन्दै जनतामा सरकारप्रति आस मरेको टिप्पणी गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro