site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्चस्तरीय वैधानिक आयोग बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा रिफर्म ल्याउन उच्चस्तरीय वैधानिक आयोग बनाउन आफू सकारात्मक भएको बताएका छन् । 

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो प्रस्ताव गरेका थिए । अहिलेको कानुन तथा ऐन नियमले अर्थतन्त्रमा सुधार गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सुधारका लागि आफू तयार रहेको बताए । 

“एउटा उच्चस्तरीय आयोग तथा उच्चस्तरीय कुनै समिति संयन्त्र, जसको वैधानिक आधिकारिकता होस् । त्यसले गरेको निर्णय कार्यान्वयनतिर जान सकोस् भनेर जुन प्रस्ताव गर्नु भएको छ । निजी क्षेत्रले त्यसलाई समर्थत गर्नुभयो,” उनले भने, “म त्यसलाई समर्थन गर्छु । यहीँबाट सुरू हुन सक्छ । अर्थतन्त्रमा भएको दबाब समस्याको समाधानको प्रक्रिया त्यहीँ विन्दुबाट हुन सक्छ । निजी क्षेत्रको पनि सक्रिय सहभागिता त्यस्तै संयन्त्रमा हुन सक्छ । त्यसबाट हामीले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सक्छौँ ।”

अर्थमन्त्री डा. प्रकाशशरण महत आएपछि यो संयन्त्र बनाउने पनि उनले बताए । विश्वासको वातावरण बनाउन पनि यो आवश्यक परेको उनले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro