site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिजवानको शतक युद्धपीडित नागरिकप्रति समर्पित 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका पाकिस्तानी ब्याटर मोहम्मद रिजवानले उक्त शतक गाजाका युद्धपीडित नागरिकप्रति समर्पण गरेका छन् ।

विश्वकपमा लगातार दोस्रो जित निकाल्ने क्रममा पाकिस्तानले मंगलबार श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलतापूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

पाकिस्तानको जितमा शतकीय इनिङ खेलेका रिजवानले अविजित १३० रन बनाएका थिए । जितपछिको ट्विटरमा एक पोस्ट गर्दै रिजवानले आफ्नो शतक गाजाका युद्धपीडितमा समर्पित गरेका हुन् ।

“यो गाजामा रहेको हाम्रा दाजुभाई र दिदीबहिनीको लागि हो । जितमा योगदान दिन पाउँदा खुसी छु । यो जितको श्रेय सम्पूर्ण टिमलाई जान्छ । विशेषगरी अब्दुल्लाह सफिक र हसन अलिलाई । उत्कृष्ट स्वागत र सहयोगका लागि हैदराबासीप्रति आभारी छु,” रिजवानले ट्विटरमा लेखेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro