site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्टक चिनी सरकारलाई दिन उद्योगहरू सहमत, साल्ट ट्रेडिङमार्फत बजार पठाइने
सांकेतिक तस्बिर।

काठमाडौं । बजारमा चिनी अभाव भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले सहजताका लागि पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगहरुमा भएको स्टक चिनी चाडपर्वमा सर्वसाधारणलाई बिक्री गर्न सरकारलाई दिन आग्रह गरेका छन् ।

मन्त्रीले मंगलबार उद्योगी र बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)का प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । उक्त छलफलमा उद्योगमा रहेको चिनी वेभरेज कम्पनीहरूले एडभान्स दिएर बुकिङ गरेको बताएका थिए । त्यो चिनी सरकारलाई दिँदा आफूहरूलाई समस्या पर्ने पनि उनीहरूको भनाइ थियो ।

तर, समस्या नपर्ने तरिकाले चाडपर्वलाई लक्षित गरी केही चिनी उपलब्ध गराउन मन्त्री रिजालले उद्योगीसँग अग्रह गरेका थिए । पछि चाहिएको खण्डमा सरकारले उद्योगीलाई चिनी उपलब्ध गराउने मन्त्री रिजालले प्रतिवद्धता गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले बताए ।

Dabur Nepal
NIC Asia

यो चिनी साल्ट ट्रेडिङमार्फत बजारमा पुर्‍याउने भनिएको चिलुवाल बताउँछन् ।

“बजारमा चिनी अभाव भएपछि अध्ययन गरियो । बजारमा एक/दुईवटा उद्योगमा एक लाख ८८ हजार क्विन्टेल चिनी थियो । उहाँहरुले कति चिनी हामीलाई दिनुहुन्छ भन्ने अहिलेसम्म निश्चित भएको छैन,” उनले भने, “दिने सैद्धान्तिक सहमति भएको हो । उद्योगले पनि दिन र अरू कम्पनीले बुक गरेको केही छोड्दिन भनेका छौंँ । अहिले हामीले उपझोक्ताको भान्सा चलाउने हो भनेर कुरा भइरहेको छ ।”

भारतबाट चिनी निर्यात बन्द भएपछि अब आन्तरिक चिनीले नै काम चलाउनु पर्ने उनले बताए । “चिनी उद्योगले हामीलाई समस्या पर्छ भनेका छन् । उहाँहरूलाई समस्या पर्दा हामीले पनि राजस्व गुमाउँछौँ । तर, पहिलो प्राथमिकता चाडपर्वलाई दिन खोजेका छौँ,” उनले भने ।

चिनीको दैनिक माग अरू समयमा ५० हजार क्विटल हुने गरेको छ । तर, चाडपर्वमा भने अलिक बढी माग हुने गरेको उनी बताउँछन् । यो चिनीको मूल्य पनि धेरै नहुने उनी बताउँछन् ।

“बजारमा पसलले बेच्दा ११० भन्दा बढी हुँदैन । तर, यो प्रारम्भिक अध्ययन हो । हामीले खरिद गरेकै मूल्यमा बजारमा दिन्छौँ । उहाँहरुलाई पनि ढुवानी खर्च र २/३ रुपैयाँ मात्र नाफा थप गरेर बेच्न लगाउँछौँ,” उनले भने ।

यो चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro