site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीद्वारा चाडपर्वलक्षित १२२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना

काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्वलाई लक्षित गरेर देशका विभिन्न १२२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १२० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको छ । स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ तीन स्थानमा राखिएको छ ।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा क्षेत्रमा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा विपद्‌मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Help-Desk-APF-1696937369.jpg

आवश्यक देखिए अन्य स्थानहरूमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटना हुन नदिन, अप्ठेरोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको जनाइएको छ । सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध स्रोत साधनको प्रयोग गरी स्वास्थयकर्मीहरूले उपचार गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro