देश

काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।
प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् ।
वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले कोठाभित्र विषादीको बट्टासमेत फेला परेको जानकारी दिए ।
उनले आत्महत्या गरेको आशंका प्रहरीको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १५:००
प्रतिक्रिया दिनुहोस्