site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय शोक : राष्ट्रियसभाको बैठक स्थगित
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाको मंगलबारका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।

आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इजरायलमा मारिएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्