site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एकै निर्माताका दुईवटा सिनेमा एउटै फिल्म फेस्टिभलको प्रतिस्पर्धामा

काठमाडौं । भेनिसमा वर्ल्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । 

फेस्टिभलले सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।

Dabur Nepal
NIC Asia

‘द रेड सुटकेस’बाहेक सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । यो फिल्मलाई पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । 

लो आईक्यू प्रडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको सिनेमा हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउस एसियन प्रिमियर सम्पन्न भएको थियो । 

आफूले निर्माण गरेका दुवै चलचित्र फेस्टिभलमा छनोट भएकोमा निर्माता पोखरेलले खुसी व्यक्त गरेका छन् । उनले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको कुरा भएको बताएका निर्माण कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

“यो प्रतिस्पर्धाभन्दा पनि प्रतिनिधित्वको कुरा हो । यसलाई मैले राम्रा फिल्ममार्फत् नेपालको प्रतिनिधित्व भएको अर्थमा बुझेको छु,” उनले भने ।

यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro