site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

काठमाडौं । इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने भएको छ । सोमबार एक विज्ञप्तिमार्फत मुख्यमन्त्री कमलबहादुर शाहले इजरायल आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने जनाएका हुन् । 

मुख्यमन्त्री शाहले इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई आग्रह पनि गरेका छन् । 

Argakhachi Cement Island Ad

गएको शनिबार आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो । उनीहरूमध्ये सातजना सुदूरपश्चिमका हुन् ।

ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।

यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ ।

प्रेस-विज्ञप्ती-1696843334.jpeg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्