site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : ६ महिनामा सशस्त्रको नियन्त्रणमा २४ करोडभन्दा बढीको सामान
फाइल तस्बिर।

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले तराईका जिल्लाहरुमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाएको छ ।

२०७९ चैत्र देखि २०८० भाद्र १५ गतेसम्मको अवधिका सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका इकाईहरुले २४ करोडभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।

सो अवधिमा २० करोड ७७ लाख ६ हजार १४४ रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारीसाधनलगायतका सामान नियन्त्रणमा लिएर सम्बन्धित नियकायमा बुझाइसकेको छ ।

त्यस्तै, एक करोड एक लाख ४४ हजार ३९३ रुपैयाँ बराबरको पशुचौपाया, स्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख चार हजार ३१५, भारतीय रुपैयाँ २८ लाख १७ हजार ३१५ समेत बरामद भएको छ ।  सोही अवधिमा ७९ लाख ४२ हजार ६५० रुपैयाँ बराबरको करिब दुई हजार ८१३ क्युफिट काठ र आठ लाख ४८ हजार ५५३ रुपैयाँ बराबरको सुन तथा चाँदी बरामद गरेको छ ।

सोही अवधिमा करिब एक हजार तीन केजी गाँजा, ३७.७१ केजी चरेश, पाँच हजार ७०७ वटा विभिन्न किसिमका लागुऔषध (नर्फिन, फेनार्गन, डाइजेपाम, कोरेक्स, सिरिन्ज, नाइट्रोभेट) ट्याब्लेट बरामद भएको छ ।

त्यस्तै, चार नाल हतियार, २० वटा गोली, दुईवटा म्याग्जिन र १२ वटा कार्टिज बरामद भएको छ । भारतमा बेचबिखन गर्न लगिएका २० जना नेपाली चेलीबेटीहरुको उद्धार गरिएको छ भने सो कार्यमा संलग्न रहेका ११० जनालाई पक्राउ गरिएको छ ।

चोरीपैठारीलगायतका कार्यमा प्रयोग भएका ६४६ वटा विभिन्न कम्पनीका सवारीसाधन समेत बरामद गरी भन्सार दाखिला गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro