site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाले सभामुखलाई भन्यो– सदनको छलफल इजरायलमा अलपत्र नेपालीको उद्धारमा केन्द्रित गरौँ
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ः३० मा बस्ने गरी बोलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै सभामुख देवराज घिमिरेलाई भेटी प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीलाई हटाएर इजरायलमा अलपत्र नेपालीको उद्धारको विषयमा मात्र बैठक केन्द्रित गर्न माग गरेको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले बैठकको कार्यसूची परिवर्तन गर्न माग गरेको हो ।

इजरालयमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारले विशेष टिम बनाउनुपर्ने र त्यसको लागि प्रतिनिधिसभाले निर्देशन दिनुपर्ने उनले बताए । इजरायलमा मात्रै नभई अन्य विभिन्न देशमा पनि अलपत्र रहेका नेपालीहरुको उद्धार गर्नुपर्नेमा उनले जोड दिए ।

सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग साझा रुपमा छलफल गरी बैठकको कार्यसूची तय गर्ने बताएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro