site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पारिवारिक इजलास काठमाडौंबाट सुरु : ‘डेडिकेटेड’ इजलास तोकिने, न्यायाधीश नतोकिने

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पारिवारिक इजलास सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालत पुगेर आज पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइका क्रममा पनि पारिवारिक अदालत तत्काल सम्भव नभएको भन्दै तत्कालका लागि पारिवारिक इजलास सञ्चालनमा ल्याउने बताएका थिए ।

उनले कार्यभार सम्हाल्ने क्रममा भने उत्यकका तीन जिल्लाबाट पारिवारिक इजलासको सुरुआत गर्ने घोषणा गरेका थिए । उनले सोमबार पारिवारिक इजलास शुभारम्भ गर्ने क्रममा आफ्नो घोषणा साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे ।

“पारिवारिक इजलासको महत्व किन हुन्छ भने, यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो । यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलोपटक नै हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ । तथापि, उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामकरणबाट गरिएको छ ।”

उनले पारिवारिक इजलासले महिलाहरुको लागि केही न केही राहत दिने भन्द छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिन सक्ने विश्वास व्यक्त गर्ने । “यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ,” श्रेष्ठले भने ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले अभ्यासका क्रममा पारिवारिक मुद्दाको समूह बनाएर पेसी तोकिने जानकारी दिए । उनका अनुसार त्यसरी समूहमा पर्ने मुद्दामा गोला प्रणालीबाटै न्यायाधीश तोकिने छन् ।

“अहिलेलाई पारिवारिक मुद्दा व्यवस्थापन गर्न मुद्दाको समूह बनाइन्छ । र, गोला प्रणालीबाट पेसी तोकिन्छ,” दाहालले भने, “डेडिकेटेड इजलास हुन्छ, तर डडिकेटेड न्यायाधीश भने ताकिने छैन ।”

उनले गोला टिप्दा जसलाई पर्छ, उही न्यायाधीशले पारिवारिक मुद्दा हेर्ने जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro