site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी निकालियो थापाथलीमा फसेको महानगरको गाडी (तस्बिरहरू)

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेको थापाथलीको सडकमा फसेको काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलको गाडी निकालिएको छ । 

सडक भासिँदा फिल्ड अनुगमनमा हिँडेको नगरप्रहरी बलको बा०१ग ४०६६ नम्बरको गाडी फसेको थियो । आज बिहान पनि सो ठाउँमा अन्य गाडी फसेका थिए । 
 
गत फागुन २० गते मंगबार बिहान करिब ५ः२० बजे मेलम्चीको थोक वितरणतर्फको पाइप फुटेको सडक जलमग्न भएको थियो । 

त्यसपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टोलीले सडक खनेर पाइप मर्मत गरेको थियो । केयूकेएलको टोलीले बुधबार एक ट्रक गिट्टी हालेर छोडेको थियो । 


नगरप्रहरी बलको गाडी फसेका कारण सो सडक झन्डै एक घण्टा अवरुद्ध भएको थियो । उक्त गाडी तान्नका निम्ति अर्को गाडीको मगाइए पनि उक्त गाडीले पनि फसेको गाडी तान्न सकेन । पछि झन्डै एक दर्जन नगरप्रहरीहरूले अगाडिबाट धकेलेपछि फसेको गाडी निस्किएको छ । 

gadi-utriyo-(6)-1741781766.jpg

gadi-utriyo-(4)-1741781765.jpg

gadi-utriyo-(5)-1741781765.jpg

gadi-utriyo-(3)-1741781764.jpg

gadi-utriyo-(1)-1741781764.jpg

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:०३
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रतिक्रिया दिनुहोस्